जनकपुरधाम : बटेश्वर गाउँपालिका वडा न, ४ मा रहेको धनलक्ष्मी उधम कृषि  सहकारी संस्था लिमिटेडको तेस्रो  साधारण सभा तथा संस्था घोषणा सभा सम्पन्न भएको छ ।

बटेश्वर गाउँपालिका वडा न, ४ मा रहेको धनलक्ष्मी उधम कृषि  सहकारी सहकारी संस्था लिमिटेड मंगलबार एक कार्यक्रमका बिच माज धनलक्ष्मी उधम कृषि  सहकारी संस्था लिमिटेड तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सहकारी संस्थाहरुको माध्यमबाट मुलुकमा रोजगारी तथा आर्थिक समृद्धिमा टेवा पुर्बयाउन बताएका छन् । शनिबार  सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ स्थित धनलक्ष्मी उधम कृषि  सहकारी सहकारी संस्था लिमिटेड  संस्थाको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साहले देश विकास र आर्थिक समृद्धिको क्षेत्रमा सहकारी संस्थाहरुको योगदान अविस्मरणीय रहेको बताए । देश निर्माणमा सहकारी संस्थाहरुको अहम् भूमिका रहेको छ, मन्त्री साहले भने, मुलुकमा रोजगारी र आर्थिक समृद्धि कायम गर्न सहकारी संस्थाहरुको ठूलो योगदान रहेको छ ।

सहकारी संस्थाहरुले उत्पादनमूखी योजनाहरुमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले प्रदेश सरकार सहकारी संस्थाहरूको बिकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । सामाजिक विकास र रुपान्तरणको प्रमुख आधार सहकारी क्षेत्र भएकोले उल्लेख मन्त्री साहले सहकारी संस्थाहरुलाई समाजप्रति उत्तरदायी भएर कार्य संचालन गर्न आग्रह समेत गरे ।

संस्थाका अध्यक्ष रेखाकुमारी  महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि बटेश्वर गाउँपालिका का उपाध्यक्ष प्रमिला देवी सहितको सदस्यहरुको उपस्थिथिमा कार्यकम सम्पन्न भयो ।