जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न.७ मा  आज पुर्व निर्धारित मधेश प्रदेश समितिको समायोजन घोषणा कार्यक्रम  लक्ष्मिीनियाँ गाउँपालिका  स्थित बाबाको ढाबामा  कार्यक्रम सम्पन्न भयो ।

जसपा पार्टीका प्रदेश २ अध्यक्ष तथा प्रदेश सरकारका कृृषि मन्त्री विजय कुमार यादवले प्रदेश २ अध्यक्षबाट राजिनामा दिएको लगतै  नवनियुक्त संघिय कृषि मन्त्री महेन्द्र राय यादवले भने पार्टीमा बिबाद नरहेको र एक पद एक व्यक्तिको निती लागु हुने  कार्यान्वयनका लागि प्रदेश अध्यक्षले राजिनामा दिएको हुन सक्ने बताए ।

मन्त्री यादवले त्यसो दावी गरेपनि बिबाद भने रहेको स्रातले बताएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव समेत जनकपुरधाममा रहे पनि बिबाद मिलाउन सकस भइरहेको छ । साढे ७ बजे साँझ बैठक सुरु भएको छ । रास्ट्रिय अध्यक्ष उप्रन्द्र यादवले भन्नु भयो कि  प्रदेश २ अध्यक्षमा तत्कालिन कार्तिक १५ गते सम्म विजय यादव रहने  भएका छन् । १ सय ५१ सदस्सीय प्रदेश समिति चयन भएको छ ।