जनकपुरधाम,असोज २७ : जनकपुरधामको मुख्य शक्तिपिठ माता श्री राजदेवी मन्दिरमा एक घण्टामा करिव २ हजार बोकावली प्रदान भएको छ । राती ८ बजेर १० मिनेटमा सुरु भएको बोकावली राती ९ बजेर १० मिनेट सम्ममा करिव २ हजार सम्म प्रदान भएको छ ।

बिहान खोइच भर्ने श्रद्धालु महिलाहरुको भिडभाड देखिएको थियो । कोरोना कहरका कारण गत वर्ष प्रभावित भएको विजयादशमीको विजयोत्सव यस वर्ष भने भब्य रहने देखिन्छ । बुधवार जनकपुरधामको शक्तिपिठहरुमा लागेको भिडले यसलाई प्रमाणित गर्दछ ।