२८ असोज २०७८ , बिहीबार 
उमेश कुमार साह
सप्तरी :बोदे बर्साईन। सप्तरीको बोदे बर्साईन नगरपालिकाले आयोजना गरिएको तेस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी टिमले जित हात पार्न सफलभएको छ ।

आज भएको दोस्रो दिनको खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र रानी स्पोट क्लब बिराटनगर मोरङ बीच भएको खेलमा फत्तेपुरले ०२ का विरुद्ध ०३ गोलको अन्तरले फत्तेपुर टिमले जित हात पार्न सफलभएको छ । सो खेलको उतकृस्ट खेलाडीको रुपमा फत्तेपुर टिमका, जरसी नम्बर १५ का निस्चल लामा रहेको खेल समितिका उपाध्यक्ष बिमल कुमार यादवले बताए ।