जनकपुरधाम : धनुषा क्षेत्र नम्वर ३  बाट प्रतिनिधिसभा सदस्यमा चुनाब लड्ने  जसपा नेता जितेन्द्र यादवले घोषणा गर्नु भएको हो । उनले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने समेत यादवले  बताए ।

आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको दाबी गरे ।

महेन्द्रनारायण निधिको उत्तरअधिकारी विमलेन्द्र निधि र रघुबीर महासेठको उत्तरअधिकारी जुली महतो र राजेन्द्र महतोप्रतिगमनकारीको उत्तरअधिकारी भएर चुनाब लड्ने भएकोले उत्तपिडित जनताको उत्तरअधिकारि भएर क्षेत्र न.३ बाट चुनाब लड्ने जसपा नेता जितेन्द्र यादवले घोषणा गर्नुभएको  हो ।

अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गरे ।

जसपा  नेता  यादवले मधेशीको  सम्मान गर्ने र जस्तोसुकै संघर्ष गर्न आफू पछि नहट्ने बताउँदै मधेशका लागि  मूल्य चुकाउने समेत  बताए ।