मधेश टप डेस्क , जनकपुरधाम – खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट ल’डेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो ।

राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल ख’सेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । मा’द’क प’दार्थ से’वन गरेका कारण राउत ल’डेको अनुमान गरिएको छ ।

राउतको शवलाई पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु-याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।

पिङ नखेली मनाइयो दशैँ: दशैँका बेला पिङ खेल्नुपर्छ भन्ने पुरानो मान्यता छ । वर्षमा एकपटक धर्ती छोड्नुपर्ने र दशैँमा पिङ खेलेर धर्ती छोड्नुपर्ने परम्परा रहेको बताइन्छ । यसपाली भने पिङ नखेलिकनै दशैँ मनाइएको रामपुरस्थित स्थानीय शारदा रेग्मीले बताउनुभयो ।

“गाउँघरमा पछिल्ला वर्षहरुमा त पिङ राख्नै छाडे, अहिले त झन् कोरोनाको जोखिम पूरै हटेको पनि छैन । दशैँमा एक पटक भएपनि पिङ खेल्नुपर्छ भन्ने मान्यता छ ।

पिङ बिनाको दशैँ खल्लो जस्तै भयो” उहाँले थप्नुभयो, “दशैँको टीका लगाएपछि आफन्त र साथीभाइसँग गाउँमा पिङ खेलेर रमाइलो गरिन्थ्यो” उहाँले भन्नुभयो । पिङले दशँैमा छुट्टै रौनक ल्याउँथ्यो तर पछिल्लो समयमा यो परम्परा पनि हराउँदै जाँदा दशँैमा पहिला जस्तो हर्षोल्लास देखिँदैन ।