बलिउडका स्टारहरु संसारभर चर्चामा हुन्छन् । तर साउथका केहि अभिनेत्रीहरु पनि बलिउडका अभिनेत्रीहरुलाई समेत टक्कर दिने गर्छन् ।

सुन्दरता होस् या अभिनयमा होस् बलिउड अभिनेत्रीलाइ साउथका केहि नायिकाले माथ दिन सक्छन् । उनीहरूको सामाजिक संजालमा पनि निकै चर्चा हुनेगर्छ ।

 

बलिउडका अभिनेत्री झै केहि साउथको अभिनेत्रीको चर्चा दुनियाँभरमा हुन्छ । साउथको हिरोइन जसले अभिनयको साथसाथै सुन्दरतामा पनि मन जित्न सफल छन् । तिनै ५ अभिनेत्रीको चर्चा गर्दैछौँ
सामन्था

सामन्था साउथको उत्कृष्ट नायिकामध्येमा पर्छिन् । उनको अभिनय र सुन्दरता दर्शकहरूले निकै मन पराएका छन् । उनले टलीउडमा धेरै हिट फिल्म दिएकी छन्। उनको सुन्दरताको बलिउडमा पनि निकै चर्चा हुनेगर्छ ।

कीर्ति सुरेश

कीर्तिले राष्ट्रीय पुरस्कार पनि जितिसकेकी छन् । उनले निकै हिट फिल्ममा काम गरेकी छन्। साउथ अभिनेत्रीमा उनको फ्यान फ्लोइंग निकै राम्रो रहेको छ।

प्रिया आनंद

प्रियाले बलिउडमा पनि कदम राखिसकेकी छन्। उनी फिल्म ‘फुकरे’ मा देखिएकी थिइन्। अभिनेत्री प्रिया साउथ सिनेमाको चर्चित अनुहार हुन्। उनले तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन्।

राय लक्ष्मी

लक्ष्मी तमिल र मलयालमको साथसाथै तेलुगु र कन्नड भाषाको फिल्ममा पनि अभिनय गरेकी छन्। लक्ष्मी पनि साउथको टप अभिनेत्रीमा एक हुन्।

रश्मिका मंदाना


रश्मिकाको अदाको निकै तारिफ हुन्छ। उनी पनि साउथको टप अभिनेत्री मध्ये एक हुन्। उनले चार वर्षको उमेरमा अभिनयको करियर सुरु गरेकी थिइन्। उनी पनि सुन्दरता/अभिनयमा बलिउड अभिनेत्रीलाइ माथ दिन सक्छिन् ।
एजेन्सी