काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक जारी रहेको हाे ।

बैठकमा पार्टीको सांगठनिकलगायत पछिल्ला राजनीतिक घटनाक्रममा छलफल भइरहेको बताइएको छ