जनकपुरधाम । प्रदेश २ को अस्थायी  राजधानी जनकपुरधामम दिनदहाँडै मोटरसाईकल चोरी हुन थालेको छ ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश राना भाटको सेटिङ्मा जनकपुरमा दैनिक जसो ठुलो सख्यामा आमसर्वसधारणको मोटरसाई चोरी हुन थालेको हो ।
आज (आइतबार) मात्रै तीन वटा मोटरसाईकल चोरी भएको बुझिएको छ ।
सवारी धनी रामएकवाल मण्डलको लु.७७ प ९२४ नम्बर प्लेटको मोटरसाईकल रामन्नद चोकबाट चोरी भएको छ ।

सवारी धनीले मोटरसाइकल चोरी भएको बारे प्रहरीमा निवेदन दिएपनि प्रहरीले वेवास्ता गरेको छ । प्रहरीले चोसो नलिँदा प्रहरीकै संरक्षणमा जनकपुरमा चोरी हुने गरेको आशंका गरिएको छ ।

ठुलो सख्यामा जनकपुरबाट मोटरसाइकल चोरी भएपनि प्रहरीले अहिले सम्म कुनै गरिोहलाई पक्राउ गर्न सकेको छैन् ।