जनकपुरधाम : सप्तरीको राजविराज स्थित एक कार्यक्रम विच  प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले हरेक समुदायको उत्थान र विकासका निम्ति प्रदेश सरकार तत्पर रहेको बताएका छन ।

तेली कल्याण समाज सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले समाजको विकासका लागि प्रदेश सरकार योजनाहरु अगाडि ल्याउने बताए ।

सोही कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष तथा तेली समाजका केन्द्रीय सदस्य सुनिता साहले समाजमा बढदै गईरहेको दाईजो प्रर्थालाई न्यूनिकरण गर्नु पर्नेमा जोड दिए । उनले छोरीहरुलाई शिक्षा र छोरा सरह अंशमा भाग दिए दाईजो प्रर्था आफै हटने बताए ।

समाजद्वारा विगत २७ वर्षदेखि यस्तो शुभकामना आदानप्रदान आयोजना गरिँदै आएको छ ।

उपस्थितिमा  समाजका जिल्ला अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा गरिएको शुभकामना कार्यक्रममा मधेसी आयोगका सदस्य रेणुदेवी साह, प्रदेश २ का सभा सदस्य नेत्रविक्रम साह, समाजका केन्द्रीय सदस्य सञ्जु साह, सुनिता साह, पत्रकार महासङ्घ सप्तरी शाखाका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, विजय साह, रामचन्द्र साह, किशोर साह, उम्देश्वर साह, पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साहलगायतले समाजको उत्थानका पक्षमा आ–आफ्ना विचार व्यक्त गरेका छन ।