जनकपुरधाम : प्रदेश २ का प्रवक्ता एवंम् अर्थमन्त्री शैलेद्रप्रसाद साहले यस घटना बारे एकदमै दुख व्यक्त गर्दै भने ‘अपराधिलाई कडा भन्दा कडा सजाय हुन्छ ।

सिकन्दरले बोक्सी भन्दै केहीबेर कपाल लुछ्दै कुटपिट गरेको थियो  । त्यसपछि आँगनमा रहेका उसकी आमा, श्रीमती, भाइलगायत पनि आएको थियो  । उनीहरूले पनि बोक्सी भन्दै कुटपिट गर्न थाले ।

‘सिकन्दर र उसको परिवारका सदस्यहरू झन् आवेगमा आए’ । मलाई हातखुट्टा बाँधेर राखे । अनि बियरको बोतल र प्लास्टिकको गिलासमा दिसा घोलेर ल्याएर खुवाए ।   गुहार सुन्ने कोही थिएन । तर हातखुट्टा बाँधिदिएकोले  त्यहाँबाट भाग्न सक्ने अवस्थामा थिइनँ । यतिखेरसम्म पूरै उज्यालो भइसकेको थियो ।

बर्बर यातनाले टुटिरहेकी थिएँ । पानीका लागि तड्पिएँ । छोरालाइ  पानी दिन आउँदा उसलाई पनि ‘पानी दिइस् भने ठीक हुन्न’ भनेर धम्क्याए । तर, मेरो पीडा सहन नसकेर छोराले मुखमा पानी दियो । मलाई छुटाउन मेरो परिवारले धेरै प्रयास गरे, तर उनीहरूको बलको अगाडि केही लागेन । मलाई पोलमै बाँधेर राखियो । मेरो नातेदारले प्रहरीलाई खबर गरे । लगत्तै वडाध्यक्ष लोकेन्द्रलाल कर्णले पनि फोन गरेपछि प्रहरी आएर उद्धार गर्‍यो ।

उनीहरूको यातनाले लर्‍याकलुरुक भइसकेकी थिएँ । प्रहरीले उपचारका लागि जलेश्वर अस्पताल पु¥यायो । त्यहाँ  (सलाइन) चढाउनका साथै केही सुई लगाएपछि सामान्य अवस्थामा आएँ । मेरो जाहेरीका आधारमा प्रहरीले सिकन्दर, उनकी पत्नी श्रीमती पुरनी देवी, आमा प्रमिला देवी र भाइ अनिल महतोलाई पक्राउ गरेको छ । तर, म पूर्ण रूपमा होसमा नरहेकाले त्यतिवेला सिकन्दर र उसको परिवारलाई थप उक्साउने भिठावाली, रुपैठावाली र घोरघासवालीको नाम भन्न छुटाएकी हो  । उनीहरूलाई पनि कारबाही अवस्य हुन्छ ।

यो घटना चाही सामाजिक अपराध हो  समेत प्रदेश २ का प्रवक्ता साहले  व्यक्त गरे  ।