उमेश कुमार साह

सप्तरी , ३ कार्तिक । सप्तरीको बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा एक कार्यक्रमको बीच बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित ईलाका प्रहरी कार्यालयको नजिक युवा कर्मचारी समाज बोदे बर्साईनले कार्यालय भवनको शिलान्यास कार्य सम्पन्न गरेको छ।

नगर प्रमुख यादवले भवनको शिलान्यास गर्दै सामाजिक संघ संस्थाले समाज विकासमा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

महिला सशक्तीकरण, दलित सीमान्तकृत, अल्पसंख्यक, विपन्न समुदायको उत्थान, सामाजिक सेचतनामा सामाजिक संस्थाहरुले उल्लेख्य योगदान पुर्‍याएको नगर प्रमुखको भनाइ छ।

युवा कर्मचारी समाज बोदे बर्साईनको अध्यक्ष देबेन्द्र प्रसाद यादवको अध्यक्षता भवन शिलान्यासको कार्य सम्पन्न भएको छ। नगर प्रमुख यादवले सामाजिक संस्थासँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

युवा कर्मचारी समाज बोदे बर्साईनका अध्यक्ष देबेन्द्र प्रसाद यादवले संघ संस्थाको आफ्नै भवन हुँदा कार्य सम्पादमा सहज हुने बताए । लगभग १० बर्ष देखी हामीले देखेको सपना अब पूरा हुन लागेको समाजका सचिब संजय कुमार यादवले बताए ।