मधेशटप, कार्तिक ५ गते ।

जनकपुरधाम : खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अमानबीय दुव्र्यबहार गर्ने नोताकार्यकर्ता छुट्टाउन जनमत पार्टीले आज ‘चलु जनकपुर, भरु जनकपुर’ आन्दोलनको कार्यक्रम राखेको हो ।

प्रहरीले प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरेको थियो ।

भने  ती नेता कार्यकर्तालाई रिहाइको माग गर्दै जमत पार्टीले आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय धनुषा  घेराउ गर्ने घोषणा समेत गरेको बताए ।

डा. सिके राउतको आधिकारिक फेसबुक पेजमा आज  पोस्ट लेख्दै ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको जनाएको छ ।

‘धनुषा प्रहरी कार्यालय घेरू इन्साफ क लेल, इन्क्लाब क लेल, जनता क हक अधिकार क लेल, अन्याय अत्याचार क अन्त क लेल’ जस्ता नारा  लेखिएको छ ।