काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।