मधेशटप,कार्तिक ५ गते ।

जनकपुरधाम :  जनमत पार्टीले आह्वान गरेको चलु जनकपुर भरु जनकपुर कार्यक्रममा सम्भावीत झडप हुन बाट वचाउन जनकपुरधामको सुरक्षा व्यवस्था कडा वनाइएको छ ।

विहिवार खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरुले अर्धनग्न गरि जनकपुरधाम शहर घुमाउदै दुव्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना कार्यकतालाई पक्राउ गरेको थियो,पक्राउ परेका कार्यकतालाई रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ कार्यक्रम अन्तरग चलु जनकपुर भरु जनकपुरको कार्यक्रम आयोजना गरिएको वताइएको छ ।

यता जनमत पार्टीका कार्यकताहरुले उछृखंल कृयाक्लाप गर्न सक्ने र विरोधमा ओर्लेका इन्जिनियरहरुसंग सम्भावित झडप हुन सक्ने भएको ले जनकपुरधामको सुरक्षा व्यवस्था कडा वनाइएको छ ।

जनकपुरधामको प्रमुख चौकहरुमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । त्यसैगरि जिल्ला प्रशासन कार्यालय धनुषा,जिल्ला प्रहरी कार्यालय धनुषा,जनकपुरधाम उपमहानगरपालिका कार्यालयहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यसैगरि जनकपुरधाम स्थित जनमत को केन्द्रिय पार्टी कार्यालयमा तोडफोड हुन सक्ने सम्भावनालाई हेर्दै पार्टी कार्यालयमा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।