जनकपुरधाम : नेकपा एमाले जनकपुरधाम उपमहानगरपलिका–१ वडा कमिटी गठन गरिएको छ ।

उत्तम चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा शुक्रबार भएको भेलाले लभ अधिकारीको अध्यक्षतामा वडा नम्बर १ वडा कमिटी गठन गरेको छ ।

वडा कमिटीको उपाध्यक्षमा मुन्जय राउत चयन भएका छन् ।

भेलामा धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, प्रदेश कमिटी सदस्य लक्ष्मी नारायण यादव, रा.यु.स का केन्द्रिय उपाध्यक्ष प्रदेश कमिटी सदस्य संजीब झा, समाजसेवी लक्ष्मेश्वर यादव, रामशंकर यादव लगायतको उपस्थिति रहेको थियो ।-जनकपुरटुडे