टुडेवाणी,कार्तिक ६ गते ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतमा सय करोड नागरिकले खोप लगाएको खुसियालीमा प्रधानमन्त्री देउवाले मोदीलाई बधाई२ दिएका हुन् ।

यो उल्लेखनीय उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने देउवाले विश्वास लिएका छन् ।

देउवाले नेपालको खोप अभियानमा आपूर्ति र रिकभरीका साथ समर्थन गरेको धन्यवाद पनि दिएका छन् ।

भारतको १३० करोड जनसंख्यामा सय करोडले खोप लगाएपछि त्यसको फाइदा नेपाललाई पनि हुने भएको छ । किनभने भारतमा कोभिड १९ संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर खुला सीमानाका कारण नेपालमा पनि पर्थ्यो । तर अब भारतले बहुसंख्यक जनताले खोप लगाएसँगै नेपाल पनि सुरक्षित हुनेछ ।