मधेशटप, कार्तिक ७ गते ।

 

 

जनकपुरधाम ।  महोत्तरीको जलेश्वर न पा वार्ड नं ९ पर्कौलीमा वडा अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा वडा कार्यालय भवन, सार्वजनिक दलान तथा ब्रह्म कुमारीको ॐ शान्ती भवनको उदघाटन समारोहमा प्रमुख अतिथी जसपा नेपालका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादव थिए।

पुर्व मन्त्री हरि नारायण यादव , निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव ,पुर्व प्रदेश २ का आन्तरिक मामिला तथा कानुन  राज्यमन्त्री सरोज सिंह कुशवाहाको उपस्थित रहेको कार्यक्रमका सन्चालन केन्द्रिय सदस्य कृष्णशंकर साहले बताए ।

ॐ शान्ती समाजको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा ॐ शान्ती कि दादिमाको विशेष उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३०० भन्दा बढी कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन ,जसमा पुर्व माओवादी बाट वार्ड अध्यक्ष का प्रत्यासी इदरिश अन्सारी को विशेष प्रवेश भएको छ।

उक्त प्रवेश कार्यक्रमको अबसरमा अध्यक्ष उपेन्द्र यादवले देशको राजनितीक,सामाजिक संगै आर्थिक परिवर्तनको आवश्यकता रहेको बताए । शासकीय स्वरुपमा आमूल परिवर्तन नभए  भ्रष्टाचार नियन्त्रण नहुन सक्ने बताएका छन ।

प्रत्यक्ष निर्वाचित रास्ट्रपति र विशेषज्ञको मन्त्रीमण्डल जसपाको लक्ष्य रहेको बताए भने न्याय प्रणालीमा समेत व्यापक परिवर्तनको खाचो रहेको बताए ,न्याय प्रणालीलाई संघीयतामुखी बनाउनु अबको लागि गन्तव्य रहेको अध्यक्ष यादवले  बताए ।

समाजिक रुपान्तरणको प्रमुख बाधक जातिवादको जग नउखेलेसम्म समाज परिवर्तन नहुने बताएका छन। कृषि प्रधान देशमा किशानको विशेष महत्व रहेको समेत  जोर दिए ।