काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको विषयमा सत्तारुढ गठबन्धनमा छलफल नभएको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकाहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘हिजो ३ दलबीच छलफल भयो, पाँचवटै दल जुटेर यो बारेमा छलफल गरिनेछ ।’ प्रचण्डले भने, ‘‘अहिले डिबेट चलिरहेको छ, एक दुई दिनमा उचित निष्कर्षमा पुग्नेछ ।’

न्यायालयको स्वतन्त्रता र गरिमा कतैबाट जाँच नआओस् भन्ने कुरामा सबै सतर्क हुनुपर्ने उनको भनाई छ । गजेन्द्र हमाल प्रधानन्यायाधीसको कोटाबाट नभइ कांग्रेस कोटाबाट मन्त्री बनेको प्रचण्डले दोहोर्‍याए।