काठमाडौं । सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकामा ज्ञानचन्द्र आचार्य र बेलायतमा श्रीधर खत्री राजदूतलाई सिफारिस गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा राजदूत नियुक्तिका लागि सिफारिस भएको हो ।