मोरङ । १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।