संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका-२ दिदिङमा खु’कु’री प्र’हा’रबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा चिचिला गाउँपालिका-२ दिदिङका ५० बर्षिय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार साँझ ७ बजेतिर सामान्य वि’वा’द हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खु’कु’री प्र’हा’र गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चो’ ‘ट लागेको सुवेदीले जानकारी दिए ।

 

ग’म्भी’र घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । खुकुरी प्र’हा’र गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ ।