काठमाडौंः यूएईमा जारी टी–२० विश्वकपको सुपर–१२ अन्तर्गतको आजको पहिलो म्याचमा वेष्टइण्डिजले बंग्लादेशलाइ १ सय ४३ रनको लक्ष्य दियो।

टस हारेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायो।

उसका लागि निकलोस पुरनले शानदार ब्याटिङ गरे। उनले २२ बलमा ४ छक्कासहित ४० रन बनाए।

त्यस्तै,रोस्टन चेसले ३९,जेशन होल्डर १५ र किरोन पोलार्डले १४ र बनाए।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन।

बलिङमा मेहेदी हसन,मुस्तफिजुर रहमान र सोरिफुल इस्लामले २/२ विकेट लिए।

दुवै टिमले यसअघिका दुईवटै खेलमा हार बेहोरेका छन्। साविक विजेता वेष्ट इण्डिज पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो म्याचमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

वेष्ट इण्डिजका ब्याट्सम्यानको प्रदर्शन निकै निरासाजनक छ। उसका स्टार ब्याटरको ब्याट शान्त जस्तै छ।

बंगलादेश पहिलो म्याचमा श्रीलंका र दोस्रो खेलमा इंग्ल्याण्डसँग हारेको थियो। बंलादेशको पनि सुपर–१२ मा प्रदर्शन उत्कृष्ट रहन सकेको छैन। यी दुई टिमबीचको म्याच पनि रोमाञ्चक हुने अनुमान गरिएको छ।

पछिल्ला पाँच खेलको नतिजा हेर्ने हो भने वेष्ट इण्डिजविरुद्ध बंगलादेश केही हाबी देखिन्छ। पाँच खेलमा बंगलादेश ३ र वेष्ट इण्डिज २ खेलमा विजयी भएको छ।