सप्तरी । देशमा थप ४६९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४६९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा ७ हजार ११५ जनाको पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट ४७ जना गरि उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ४८० जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।