उमेश कुमार साह 

सप्तरी बलान बिहुल ,१९ कार्तिक ।                                  सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ०४ बेल्हीमा ,बेल्ही युथ क्लब र बंजरग युवा समिती द्वारा आयोजित शुभ दिपावली , भाइ टीका , गोबरधन पुजा ,तथा छठ पर्वहरुको उपलक्ष्यमा आयोजित लक्ष्मि पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमको बीच सो कार्यक्रम अनुज र प्रमोद साहको सभापतित्व रहेको थियो

भने कार्यक्रममा प्रमुख अतिथि बलान बिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गौइत रहनु भएको थियो । वडा अध्यक्ष मो हन्सु आलम , बिहार बासी जिल्ला परिषद सदस्य अभिमन्यु यादव बिशिष्ट अतिथि रहनु भएको थियो।

अथितिका रुपमा कार्यपालिका सदस्य हरि प्रसाद राम , जसपा नेता शुभ नारायण यादव , जसपा युवा नेता अनुज , बिरेन्द्र यादव , युवा नेता खेमचन्द्र यादव , नेता रामबिलास यादव, रामबिलास मंडल ,देव नारायण गुप्ता , डा बिन्दी यादव , लगायतको युवा बुद्धिजीवी , स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन अनुज, भिम नाथ गामीले गर्नुभएको थियो ।