सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

सर्लाहीमा ११ हजार भोल्टको विद्युतको तारम करेन्ट लागेर एक युवकको ज्यान गएको हो ।

ज्यान जानेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ८ बस्ने २१ वर्षीय अकलेश सहनी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार उिँसे दिपावलीको लागि घर अगाडीको विजुलीको पोलमा बत्ती जडान गर्ने क्रममा मथि रहेको ११ हजार भोल्टको तारमा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सहनीको मृत्यु भएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याय सर्लाहीले जनाएको छ ।