सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

सल्यानको कपुरकोट गाउँपालिका ५ थारखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस सडकदेखि २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।