उमेश कुमार साह                                                   कार्तिक ,२२ सोमबार 

विजया दशमी, शुभदिपावली,एवं छठ पर्व २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

उद्यमी व्यवसायी, स्थानिय प्रशासन, सुरक्षा निकाय प्रमुख, राजनैतिकदलका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सबैलाई स्वागत गर्दै नगर ब्यापार संघ बोदे बर्साईको अध्यक्ष देब नारायण साहले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवले समृद्ध नगरको विकासका लागि संघ सप्तरी तथा स्थानिय निकायसंग सहकार्य गर्न तत्पर रहेको बताउंदै बर्तमान अवस्थामा आवश्यकतामा रहेको सिटिहल, रिङरोड, लिंकरोड एव बजारका मुख्य स्थानहरुमा पूर्वाधार विकासका कामहरुलाई तदारुकताका साथ अगाडी बढाउन नगरपालिका तथा राजनैतिक दलहरुलाई अनुरोध गर्नु भयो ।

तयार भएको बताउंदै सो सम्बन् कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि यादवले विगत देखि वर्तमानसम्म नगरको विकासमा निजी क्षेत्रको हैसियतमा उद्योग वाणिज्य संघ सप्तरीले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि निजी क्षेत्रसंग सहकार्य गर्न नगरपालिका समेत लाई आग्रह गरेका छन । कार्यक्रममा उहांले राजनैतिक दल, उद्यमी व्यवसायीहरुको समन्वयमा समृद्ध नगर बनाउने अभियानमा सबै अगाडि बढ्न अनुरोध गर्दै आगामी २ बर्षमा सबैले अनुभूति गर्ने खालको नगर निर्माण हुने विश्वास गर्नु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि जसपा नेपालको केन्द्रिय सदस्य अनिरुध कुमार सिंह यादव , आयोजक – श्यामबाबा सप्लायर्स राजबिराज (सप्तरी )को प्रो. लालु प्रसाद अग्रवाल , अतिथिहरु नगर ब्यापार संघ बोदे बर्साईनको सम्पुर्ण प्रतिनिधि / सदस्यगन , वडा अध्यक्ष मजेबुर रहमान , ईलाका प्रशासन कार्यालय बोदे बर्साइनको प्रमुख दिनेश कु राउत , ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख जय प्रकाश साह , सशस्त्र बेश क्याम्प स्वर्णपट्टी प्रमुख अगद हरिजन दास , नेता अरुन कुमार यादव , अम्रेन्द्र यादव , श्री प्रमोद कु कावरा ( उद्योग वाणिज्य संघ सप्तरी स- कोषाध्यक्ष ), बैधनाथ जोशी , चन्द्र शेखर साह , रमेश प्रसाद साह ( उद्योग वाणिज्य संघ सप्तरी सदस्य ), अमृत सन्चेती , जय नारायण यादव , मो अफजल अलि , रोहित साह , राज कुमार यादव ,डाक्नेश्वरी न पा स्थानीय नेता ओम प्रसाश यादव , सुरेन्द्र प्रसाद साह ( LIC नेपाल COT अभिकर्ता )लागयताको स्थानीय ब्यापारीहरुको उपस्थिति थियो ।नगर ब्यापार संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंह , अमरेन्द्र यादव , अरुन यादव लगायतले आ-आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर ब्यापार संघ बोदे बर्साईनको अध्यक्ष देब नारायण साहको अध्यक्षतामा सम्पन्न भएको थियो। भने सो कार्यक्रमको आयोजक श्याम बाबा सप्लायर्स राजबिराज सप्तरीको प्रो. लालु प्रसाद अग्रवालले गर्नु भएको थियो।

यस कार्यक्रमको उध्घोसक उमेश कुमार साहले गर्नु भएको थियो ।