मधेशटप।

जनकपुरधाम,२२ कार्तिक । छठको पुर्व सन्ध्यामा आङ्गन ४३-४४ द्वारा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी प्रदेश न.२ का भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादवले प्रदेशको सन्दर्भमा बिगतमा मधेसी दलहरुले भन्दै आएको कुरा मधेशललाई संघीय शासनले ठगि भएको कुरा साचो रहेको स्विकार्दै , संघीय सरकारले बजेट बाडफाड देखि लिएर यस्तो धेरै योजनाहरुलाई अरु प्रदेशको तुलनामा प्रदेश न २ लाई धेरै भेदभाव गरेको कुरा बताउनु भयो।

 

कार्यक्रममा शुभकामना आदानप्रदान संगै ब्याच ४३-४४ बाट विभिन्न पेशामा लागेका मध्ये विशेष योगदान पुर्याएकालाई सम्मान समेत गरेका थिए।

सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट प्रअ महावीर दास , प्र अ प्रमेन्द्र निधि, पत्रकार प्रेम चन्द्र झा, ब्याच कै प्रथम विद्यार्थी रहेका ज्ञानेन्द्र मल्लिक , समाजिक अभियन्ता रामकुमार कर्ण, राजनितीकर्मी प्रमोद साह , बिनोद यादव, शिक्षामा विशेष योगदान रहेका राम सिनेही यादव, शिक्षा उद्योगमा महेश मण्डल लगायतलाई सम्मानित गरेका थिए।

 

कार्यक्रमको अध्यक्षता प्र अ रामसिनेही यादवले गरेको थियोे। उक्त कार्यक्रममा टि भि पत्रकार झाले प्रदेश २ को धनुषा जिल्लाको दक्षिणी भुभाग राजनिती शोषण भएको कुरा बताउदै अब एकजुट हुनुपर्ने आबश्यक रहेको बताएका थिए।

 

कार्यक्रममा श्रीराम युवा कमिटी का निर्देशक गंगा प्र मण्डलको विशेष उपस्तिथि थियो ।