मधेशटप ।

जनकपुरधाम : तेली कल्याण समाज नेपाल पर्सा द्वारा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम रेडियो बिरगंज र टिभी बीरगंजको स्टुडियोमा सम्पन्न भएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले मन्तव्यको क्रममा समाजबाट कोरोना गई सकेको तर सावधानी पुर्वक आपसी सदभाव कायम गरि भब्य रुपमा छठ पर्व मनाउन आग्रह गरेका थिए ।

तेली कल्याण समाज नेपाल पर्साको अध्यक्ष धुर्व साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह तेली, बिशिष्ठ अतिथि प्रदेश सांसद माननीय राजेश्वेर साह तेली, नेकपा एमाले प्रदेश २ कमिटि सदस्य बालिराम साह तेली, अतिथि उच्च अदालत बार एसोसिएसन बिरगंजका अध्यक्ष प्रमोद साह, अधिवक्ता रामेश्रेय साह, जसपा नेता पानालाल साह, काँग्रेस नेता हाजारी साह, बहुदर्माई न.पा. ८ का वडा अध्यक्ष पुनिलाल साह तेली, पत्रकार सम्भु कुमार सुमन लगायत तेलि अगुवाहरुको सहभागिता रहेको समाजका सखुवा प्रसौनी गा.पा. अध्यक्ष एवं कार्यक्रम संचालक शिव कुमार साहले जानकारी गराएका थिए ।