जनकपुरधाम : धनुषाको कमला नागरपालिकामा  बिगत २७/२८ वर्षदेखी निरन्तर रुपमा हरेक वर्ष धनुषा जिल्लाको कमला नगरपालिका वाड नं ५ स्थित श्री रामखेलाउन यादव एवं श्री श्यामदेव यादव को घरमा लक्ष्मीपुजाको शुभ अवसरमा शाष्त्रीय, बैदिक एवं सांस्कृतिक रुपमा मुर्तिपुजा एवं भब्य मेलाको आयोजना हुँदै आएको सबैमा सर्वविदित नै छ ।

त्यसैक्रममा यस वर्ष पनि मुर्ति पुजा एवं मेलाको आयोजना गरिएको र भब्य एवं सभ्य तवर ले सु-सम्पन्न भइ मिति २०७८/०७/२१ गते आइतबार को शुभ मुहुर्तमा “कलश विसर्जन” गर्ने क्रममा “मोहम्मद बशिर राईन” नेतृत्वमा अवान्चित, गैर सामाजिक, आतातायी, आतंककारी मानसिकता एवं प्रवृत्तिका, अलकायदा एवं ISIS मनोवृत्ति भएका मुस्लिम समुदायका केही ब्यक्तिहरुको झुन्डले कलश फुटाएको र उक्त धार्मिक कार्य कलश विसर्जनमा गइरहेका हिन्दु धर्मावलम्बी आमा- दिदिबहिनी (महिला समूह) माथी हातपात एवं अत्यन्तै घृणित कु-कृत्य गरेको सुचनाले हामीलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यस-अर्थ त्यस्ता घृणित कु-कृत्य असामाजिक अधर्मी आतातायी आतंककारी क्रियाकलाप गर्ने-गराउने ब्यक्ति एवं समुहलाई तत्काल हिरासतमा लिई हदैसम्मको कानुनी कार्यवाही गर्न स्थानीय प्रशासन, गृहमन्त्रालय र नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

हामी वैदिक सनातनी ॐकार परिवार शान्ति र सद्भाव चाहन्छौं यसको मतलब यो होइन कि हामी कायर र डरपोक छौँ, सबैलाई चेतना भयो ।

साथै सम्पूर्ण वैदिक सनातनी ॐकार परिवार एवं हिन्दु संघ-संस्था, संगठन, मोर्चा, ब्यक्ति, समूह, अभियान लाई उक्त कु-कृत्यको विरुद्ध एकजुट भई स-सक्त आवाज उठाउन र प्रतिवाद एवं प्रतिकार गर्न आवहान गरे  ।

साथसाथै नेपाल सरकार र मातहतका निकायले तत्काल कार्यवाही अगाडि नबढाए त्यहाँ उत्पन्न हुने साम्प्रदायिक द्वन्द र त्यसबाट हुनसक्ने जनधनको क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार, स्थानीय प्रशासन हुने पनि यसै वक्तव्य मार्फत सचेत गराउन चाहन्छौं समेत व्यक्त गरे ।

(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्र बचाउ अभियान
राष्ट्रिय नागरिक आन्दोलन