मधेशटप डेस्क, जनकपुरधाम । २०७८ कार्तिक २३, मंगलवार

सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख फेरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्। मन्त्रिपरिषद्ले प्रदेश १ का सोमनाथ अधिकारी,कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाउने निर्णय गरेको हो।