काठमाडौं। हेटौँडास्थित नवलपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हेटौँडास्थित नवलपुरमा गए राति ट्रक र बस एक आपसमा ठोकिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यू हुनेमा बस चालक काठमाडौं थानकोट बस्ने सरोज विकको रहेको छ अन्य एक जनाको नाम नखुलेको जनाइएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।