नरेशचन्द्र बरबरिया।
सिरहा २७ गते । श्री माँ काली साना किसान कृषि सहकारी संस्था लि.सिरहा ना.पा.१५ सुकचैनाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज ब्र.झ.ज.मा वि माडरको प्राङ्गणमा संस्थाले आयोजना गरेको कार्यक्रममा आफ्नो आयव्यय प्रस्तुत गर्दै सफलताका साथ सम्पन्न गरेका छन ।
गत आ.व ०८८/०७८ संस्थाको कुल पूंजी तथा दायित्व २ करोड १६ लाख १९ हजार ४ सय ९९ रहेको संस्थाका शाखा प्रबन्धक कुलदिप यादबले प्रस्तुत गरेका छन ।
उनले यस संस्थाको सेयर पूंजी ३१ लाख ४ हजार,जगेडा तथा कोषहरु ७ लाख ९४ हजार ९ सय ९७,तिर्न बाकी कर्जा ९८ लाख ६१ हजार ९० रुपैयाँ,निक्षेप हिसाब ७३ लाख ५८ हजार ६ सय ९१,जोखिम ब्य्बस्था कोष २ लाख ११ हजार ७ सय ९२ र अन्य दायित्व तथा ब्यबस्थाहरु २ लाख ८८ हजार ९ सय २८ रहेको बताए ।
संस्थाले छरिएर रहेका स-साना रकमलाई सहकारीको माध्यमबाट बचत गर्ने बानी बसाली त्यस्ता रकमलाई आय आर्जन गर्ने क्षेत्रमा लगानी गरि आफ्ना सदस्यहरुको आर्थिक विकासमा टेबा पुर्याउने मुख्य उद्देश्यका साथ सहकारी संचालनमा रहेको संस्थाका अध्यक्ष सीता देवी यादबले बताईन ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सिरहा नगरपालिकाका मेयर अशेश्वर यादब,विशिष्ट अतिथिमा साना किसान सहकारी संस्थाका ईलाका कार्यालय बर्दिबासका राज कुमार यादब,साना किसान सितापुरका अध्यक्ष नन्द किसोर चौधरी र अतिथीहरुमा साना किसान बिष्णुपुरका प्रबन्धक उपेन्द्र यादब,मन्तोरिया देबि मण्डल,राम चन्द्र यादब,सेयर धनि,संचालक सदस्य,साधारण सद्स्य,स्थानीय महिला,सशस्त्र प्रहरी माडरका स.प्र.नी लोकनाथ उप्रेती ,पत्रकार लगायत सरोकारबाला निकायहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post