जनकपुरधाम : जनमत पार्टी धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका  वडा नं. १  सोहनीमा वडा कमिटी गठन भएको छ।

जनमत पार्टी धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका उपाध्यक्ष शिबकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिका वडा न. १ का अध्यक्ष रामजीवन यादव र वडा सदस्य संजित यादव,रिंकु यादव र शिबकुमार यादव, रामजीवन यादवको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो।

लक्ष्मीनिया गाउँपालिका वडा नं. १  सोहानीमा शिवकुमार यादवको संयोजकत्वमा ५०  सदस्यीय वडा गठन भएको छ।

विभिन्न पार्टी परित्याग गरी ५० जना कार्यक्रताले जनमत पार्टीमा  प्रवेश गरेका छन् ।

 

जसमा सदस्य रिंकु यादव, श्याम साह, दिपक मंडल लगायत ५०  सदस्यीय जनमत पार्टी वडा स्तरीय समिति गठन गरिएको छ ।

जसमा जनमत पार्टीका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष शिवकुमार यादव ,र जनमत पार्टीका गाउँपालिका अन्तर्गत अबध रही नेता कार्यकर्ताहरुको  सहभागि रहेको थियो।