जनकपुरधाम । प्रदेश २ सरकारमा दुई जना नयाँ मन्त्री थपिदैं छन् भने एउटा मन्त्रालय पनि थपिने भएको छ ।

एकिकृत समाजवादी पार्टीका संसदीय दलका नेता शत्रुधन महतो उद्योग, पर्यटन तथा वन मन्त्रालयमा आउने भएका छन् भने शिक्षा मन्त्रालय र मन्त्री थपिने कुरा विशेष शुत्रबाट प्राप्त भएको छ ।

शिक्षा मन्त्रीमा को आउने भन्ने कुरा अहिले जानकारी प्राप्त नभएको कुरा विशेष शुत्रले बताएका छन् ।

वन मन्त्री रामनरेश राय मन्त्री पदबाट मुक्त हुने छन् ।

आगामी मंगलबार नव नियुक्त मन्त्रीहरुले सपथ ग्रहण लिने कार्यक्रम रहेको छ ।

यसअघि शिक्षा क्षेत्र सामाजिक विकास मन्त्रालयले हेर्ने गरेको थियो ।