जनकपुरधाम : प्रदेश २ सरकारका प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले साइकल वितरण सम्बन्धी प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष भन्दै पुरधारणा र अभिव्यक्त हुनेगरी मातहातका तर पनि अनाधिकृत नियायवाट आएको अभिव्यक्ति गलत र भ्रामक रहेको बताउनु भएको हो ।

प्रदेश २ सरकारको ‘बेटी पढाउ,बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक चरणको अनुसन्धानवाट भ्रस्टाचार भएको देखिएको आयोगका वर्दिवास  प्रमुख कृष्णप्रसाद सापकोटाले दिएको अभिव्यक्तिलाई लिएर प्रदेश २ सरकारका प्रवक्ता साहले सो टिप्पणी गर्नुभएको हो ।

उनले भने, ‘संवैधानिक निकायमा कार्यरत कर्मचारीबाट यस्तो पूर्वाग्रहप्रेरित अभिव्यक्तिको अपेक्षा गर्न सकिन्न । यदि समाचारहरूमा आएझैं अख्तियारका बर्दिवास प्रमुखले त्यस्तो भन्नुभएको हो भने त्यो अभिव्यक्ति अनुसन्धानको सिद्धान्त र कानुनविपरीत छ ।’

मन्त्री साहले कुनै पनि विषयमा आयोगले अनुसन्धान गर्ने विधि तथा अभियोजन गर्ने प्रक्रिया ऐनकानुनबाट निर्देशित रहेको भन्दै अभियोजनपछि विशेष अदालतले मात्र भन्न सक्ने कुरा अख्तियारका एउटा एकाइ प्रमुखबाट आउनु दुर्भाग्यपूणर् भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साइकल खरिदसम्बन्धी विषयमा कसैसँग सोधपुछ वा बयानसम्म नभइसकेको अवस्थामा आयोगका बर्दिवास प्रमुखको भ्रष्टाचार भएको प्र्रारम्भिक निष्कर्षसम्बन्धी धारणाले सम्मानित अदालतको अधिकारक्षेत्र प्रभावित गरेको छ’ ।

अनुसन्धानपछि अभियोजन गर्ने वा नगर्ने अधिकार आयोग अर्थात् प्रमुख आयुक्तसहित आयुक्तहरूको हुने हुँदा बर्दिवास प्रमुखका कथित भनाइ आपत्तिजनक र आफ्नै संस्थाको  विरुद्धमा रहेको प्रदेश सरकारको ठहर रहेको प्रवक्ता साहको भनाइ हो ।

मन्त्री साहले अख्तियारले अभियोजन गर्ने मुद्दाममा प्रारम्भिक भ्रष्टाचार भएको देखिएमा विशेष अदालतले थुनामा पठाउने वा धरौटी लिई छाड्ने र त्यस्तो नदेखिए साधारण तारेखमा छाड्ने कानुनी व्यवस्था स्मरण गर्न समेत आग्रह गर्नुभयो।

कार्यअधिकार नाघेर आयोगका बर्दिवास प्रमुखको अभिव्यक्तिबारे जानकारी प्राप्त गरी त्यस विषयममा आवश्यक सचेतताका लागि मातहतका कार्यालयलाई निर्देशन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइने प्रदेश २ सरकारका प्रवक्ताले  जानकारी दिनुभयो ।