सप्तरी । देशमा थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा पिसीआर विधिबाट २ सय ७१ र एन्टिजेन विधिबाट २५ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ५७८ जना पुगेको छ ।

त्यस्तै, आज ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ५ सय ४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेमा ११ हजार ४ सय ९४ पुगेको छ ।