काठमाडौं । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलले बेलुन उढाउनु भएको हो । बेलुनमा १० औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।

आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौंमा मोटरसाइल (याली गरेको छ । सङ्का अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको (याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।रासस