राजविराज – सप्तरीको बोडेबरसैं नगरपालिका–७ मा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका आलमलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आलमले आफ्नो मोटरसाइकल (स.६प् ५०६०) नियन्त्रण गर्न नसकेपछि दुर्घटनामा परेका हुन् ।