धनुषा । धनुषामा स्थगित भएको कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार हुने भएको छ ।

शुक्रबार निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले मंसिर ४ र ६ गतेका लागि निर्धारण गरेको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

शनिबार पुनः सूचना जारी गर्दै निर्वाचन अधिकृत ज्ञवालीले नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति धनुषाको शनिबारको निर्णय अनुसार पालिका स्तरीय १४ औँ महाधिवेशन आइतबारको लागि निर्धारण गरिएको एक सूचना जारी गर्दै जानकारी दिएको छ ।