काठमाडौं । नेपाल बार एशोसिएसनले सभामुख र विभिन्न संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

नेपाल बार एशोसिएसनले आज दिउँसो २ बजे सिंहदरबारमा सभामुख र विभिन्न संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले सभामुख अग्निप्रसाद सापकोटासहित संसदीय दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी रहेको बताका छन् ।

उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणका लागि ज्ञापनपत्र बुझाउन लागिएको हो । बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना कार्यक्रम गर्दै आएको हो । आज पनि बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा जबराको राजीनामा माग गर्दै धर्ना जारी राखेका छन् ।