धनुषा । प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले कांग्रेस महाधिवेशनमा प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् । मन्त्री यादवले आफू पार्टीमा विद्यार्थी जीवनबाटै लागेको र १४ वर्ष धनुषा जिल्ला सभापतिको कार्यकाल सम्पन्न गरेको स्मरण गराउँदै प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताए । आफू निर्वाचित भए प्रदेशभरीमै अन्य दलभन्दा बढी उम्मेदवार स्थानीय तह र प्रदेश सभामा जिताउने दाबी समेत गरेका छन् ।