सप्तरी । देशमा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय १३ र एन्टिजेन विधिबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९ जना पुगेको छ ।

२ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ सय ९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेमा ११ हजार ५०९ पुगेको छ ।