महोत्तरी।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ८ बजराही गाउँमा गएराति पाँच लाखको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय गोविन्द झाको घरमा गएराति लाखौको चोरी भएको छ ।

चोरहरुको समूहले मध्यरातमा उनको घरको छेऊमा रहेको गल्लीमा गई छतमाथि चढेर भूँईतल्लामा निजकी आमा सुतिरहेको कोठामा प्रवेश गरी चोरी गरेका छन् ।

चोरहरुले करीब ४ तोला सुन, १५ तोला चाँदी, २५ हजार नगद र अन्य सर सामानहरु गरी पाँच लाख मुल्य बराबरको सर सामान चोरी गरी लगेको घरमुली गोविन्द झाले बताउनुभयो ।

जिल्ला प्रहरीले घटनाको जानकारी पाएलगत्तै चोरहरुको खोजतलाशका लागि व्यापक रुपमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरेको जनाइएको छ ।

१२ वटा वडा रहेको जलेश्वर नगरपालिका क्षेत्रभित्र विगत २,३ महिनादेखि दैनिकजसो चोरी हुने गरेको छ ।