नेपालको पूर्वी भू भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य पहाडी भू भागहरुमा आंशिक बदली रहेको छ। तराईका भू भागमा तुँवालो लागेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू भागहरुमा आँशिक देखी सामान्य बदली र अन्य पहाडी भू भागमा आँशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती देशका पहाडी भू भागहरुमा आँशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भा वना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।