सप्तरी । देशमा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट १ सय ५४ र एन्टिजेन विधिबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेमा ११ हजार ५२३ पुगेको छ ।