सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा ३१५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख १७ हजार ४९५ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।