सिरहा । सिरहाको माड़र स्थित ऐतिहासिक दुर्गा मन्दिर परिसर क्षेत्र दशैको अवसरमा सचेतना मूलक सरसफाई कार्यक्रम गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलको प्रमुख आतिथ्यमा सन्देशमूलक सरसफाई कार्यक्रम गरिएको हो । मन्दिरको परिसरकाे विभिन्न क्षेत्रहरु सरसफाई गर्दै हाल कोभिड १९को जोखिमबाट जोगिएर सुरक्षित रही पर्व मनाउन आग्रह गर्दै सरसफाई कार्यक्रम संचालन गरिएको थियो। युकेएडको अर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशन अलर्टको साझेदारीमा जन-उत्थन केन्द्र लहान सिरहा द्वारा संचालित सहज परियोजना अन्तर्गत सिरहा युथ नेपालको आयोजनामा सिरहा नगरपालिका १६ स्थित माडरको एतिहासिक दुर्गा मन्दिरको परिसरमा सरसफाई कार्यक्रम गरिएको युवा अभियन्ता तथा सिरहा युथ नेपालका उपाध्यक्ष शशि कुमार मण्डलले जानकारी दिनु भयो ।
अभियन्ता मण्डलका अनुसार सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) उमाशंकर पंजियार , सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिपेन्द्र गिरी , सिरहा नगरपालिका १६ का वडा अध्यक्ष धीरेन्द्र मोरबैता यादव , समुदायिक सेवा केन्द्र सिरहाका अध्यक्ष नवीन कुमार यादव , माड़र दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भू यादव , युवा अभियन्ता तथा मिस्टर सिरहा २०२०का विजेता विकास कुमार साह , माड़र युवा क्लबका युवाहरु लगायतका व्यक्तिहरुको सरसफाई कार्यक्रममा उपस्थिति रहेको उनले बताउनु भयो ।
Discussion about this post