MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

खाद्य सङ्कटले गर्दा ऋण काढेर छाक टार्दै

मधेशटप by मधेशटप
२०७७ कार्तिक ३, सोमबार १४:१५
0

काठमाडौं । करिव ५० वर्षको देखिने उपल्लो डोल्पाका नेयार भोटेको मुखाकृति देख्दैमा थाहा हुन्छ कि उनी ठूलै पीरमा छन् । डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो गाउँमा बस्दै आएका उनी बिहान बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पीरोलिरहेका छन् ।

“कोरोनाका कारण यस वर्ष यार्सागुम्बा टिप्न पाइएन, चिनसँगको नाका पनि खुलेन, खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले चामल पनि पठाएन् हामीहरूलाई छाक टार्नै समस्या भयो । ” आठ जनाको परिवार पाल्दै आएका उनी भन्छन्, ।“उपल्लो डोल्पालीको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बा टिप्न नपाएपछि पैसा पनि देख्नै मुश्किल छ, किनेरै खान पाए पनि कसरी किन्नु ।” नेयारका अनुसार भोकै बस्न पनि नसकिएकाले तल्लो डोल्पाबाट ल्याइएको बजारीया चामल छत्तिस प्रतिशत ब्याजसमेत जोडेर उधारामा किनेर खाने गर्नुपरेको त्यसमा पनि तीस किलोग्रामको चामललाई छ हजार तिर्नुपर्छ, त्यहि चामल तल्लो डोल्पामा पन्ध्रसयदेखि दुई हजारसम्म पर्छ ।

रकम चुक्ता नगरूञ्जेलसम्म छत्तिस प्रतिशतका दरले ब्याज बढ्दै जाने नेयारको भानाइ छ । केही गाउँलेले उधारोमा चामल किनेर २० लाख लाखसम्म उधारो तिर्नु परेको र आफूले पनि तीनजना साहूलाई चामलको लागि मात्रै तीन लाख तिर्नुपर्ने भैसक्यो,अझै पाँच लाखसम्म पुग्ने अनुमान गरेको उनी बताउछन् । कोरोनाका कारण यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाउनाका साथै चीन सरकारले पनि ‘रूट परमिट’ नदिएको र सहुलितयको सरकारी कोटाको चामल पनि नपाउँदा उपल्लो डोल्पामा यस्तो खाद्य सङ्कट सिर्जना भएको हो ।

नेयार मात्र होइन धो गाउँकाका नाग्मा गुरूङ्ग र तुण्डुप मगरलगायतमा पनि उस्तै खाद्य सङ्कटको चिन्ता छ । राज्यले उपल्लो डोल्पाबासीको पिडा नदेखेकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । चामल नभएकाले सात जनाको परिवार कसरी पाल्ने भन्दै तुण्डुप गुनासो गर्नुहुन्छ, “अनाजको नाममा उवा र आलुमात्र हुन्छ, नुन, खुर्सानीदेखि चामल दाल सबै अन्यत्रबाट किनेर खानुपर्छ,साँच्चै उपल्लो डोल्पालीलाई जिविकोपार्जनमै ठूलो सङ्घर्ष गर्नुपर्छ” ।

कात्तिकमै खाद्य सङ्कट परिसक्यो फेरी अर्को यार्सा टिप्ने बेलासम्म कसरी दिन काट्ने हो भन्ने चिन्ताले सताएको नाग्मा बताउछन् । उक्त गाउँमा दश प्रतिशत नागरिक बाहेक अधिकाशंको पिडा उस्तै भएकाले निःशुल्क खाद्यान्न पठाइदिन सरकारसँग उनको आग्रह छ ।

यस बर्ष आर्थिक उपार्जनको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बा टिप्न नपाएकाले यहाँका बासिन्दाले स्थानीय साहूसँग छत्तिस प्रतिशत ब्याजमा चामल किन्न बाध्य भएको वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग गुरुङ बताउछन् “अघिल्लो बर्ष यार्सा बेचेको पैसाले चीनियाँ नाकाबाट सरकारी खाद्यान्न ल्याउँथे, एक घरलाई १२ बोरासम्म खाद्यान्न पथ्र्यो,अहिले सो खाद्यान्न नपाएपछि सहुलियतको खाद्यान्न उपलब्ध गराउन यहाँका बासिन्दा पटक–पटक गाउँपालिकामा धाउने गरेको उनको भनाइ छ ।

चामल नपाएपछि उनीहरूले अहिले उवाको सातु खाएर छाक टार्दै आएका छन् । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुडो गाउँपालिकास्थित फोक्सुण्डो, साल्दाङ्गलगायतका विकट गाउँबस्तीमा पनि खाद्यवस्तुको उस्तै समस्या भएपनि छार्काताङ्सोङ्ग गाउँपालिकाका बासिन्दा भने मुस्ताङ्बाट चामल ल्याएर खाने गर्दछन् । उनीहरूले खाद्य संस्थानको चामल नखाएको तीन बर्ष भएको उक्त गाउँपालिकाले जनाएको छ । डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकालाई चीनिँया नाकासम्म पुगेर खाद्यान्न ल्याउन नजिक पर्ने भएपनि छार्काका बासिन्दालाई भने धेरै टाढा पर्ने गरेकाले मुस्ताङ जाने गरेका हुन् ।

उपल्लो डोल्पाका लागि खाद्यान्न लैजान नेपाल सरकारका तर्फबाट सबै प्रक्रिया पुर्‍याएर ‘रूट परमिट’का लागि चीनसँग अनुमति माग गरिएकामा अनुमति नदिइएकाले खाद्यान्न लैजान नसकिएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनीका शाखा प्रमुख कमलराज पाण्डे बताउछन् । आव ०७६-७७ मा उपल्लो डोल्पाका लागि मात्रै चार हजार क्विन्टर खाद्यान्न स्विकृति भएपनि ढुवानी हुन नसकेको उनको भनाइ छ ।

आव २०५६-५७ देखि नै चीनिँया बाटो हुँदै मोरिम्ला र क्याटो नाकासम्म चामल र नुन पुर्‍याएर उपल्लो डोल्पावासीलाई उपलब्ध गराउने गरिएको थियो । आफूहरूको समस्या बुझेर संघीय र केन्द्रीय सरकाले खाद्यान्न उपलब्ध गराइदिनु पर्नेमा त्यहाँका जनताले माग गरेकाछन् ।

Source: रासस
Previous Post

अब देशमै छ रोजगारी

Next Post

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक ३, सोमबार १४:१५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक ३, सोमबार १४:१५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक ३, सोमबार १४:१५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक ३, सोमबार १४:१५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक ३, सोमबार १४:१५
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक ३, सोमबार १४:१५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति